०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

आजदेखि सबै सरकारी कार्यालय तीन महिनाका लागि एक घण्टा अगाडि नै बन्द हुने भएको छ।

गृह मन्त्रालयले वैशाख २६ गते राजपत्रमै सूचना जारी गरेको थियो। उक्त सूचनामा कात्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने उल्लेख छ।

कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह साढे चार बजेसम्म रहनेछ। यसअघि साढे ५ सम्म कार्यालय समय थियो।

गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर उक्त निर्णय असार २ गते राजपत्रमै सूचना जारी गरी खारेज गरेको थियो।  रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सागर थापा) दाङ । इलाका प्रहरी कार्यालय गढवा दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्की जिल्ला दाङ गढवा गा.पा.वडा नं.०८ मा पर्ने नेपाल भारत सिमानाका कोईलाबासको अनुगमन गर्नुको साथै यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कोईलाबास दाङको निरिक्षण र कार्यरत प्र.क.हरुलाई आवश्यक निर्देशन दिनु भई भारतिय सिमा सुरक्षा बल SSB संग सिमा सुरक्षा तथा सिमानाकामा […]

(ABC-Sanchar) पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना जारी गरी नाका बन्द हुने जानकारी दिएको हो । सूचनाअनुसार, जेठ १० बिहान ६ बजेदेखि जेठ १२ बेलुकी ६ बजेसम्म पर्सा जिल्लाका सीमा नाकाहरु बन्द रहने छन् । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले जारी गरेको सूचनामा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा […]

ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पर्नेमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा […]