०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

काठमाडौंको न्युरोडमा पुरूषको हत्या गरेको आरोपमा एक जना पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

काठमाडौंको न्युरोडमा पुरूषको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेका थिए।

उनको हत्या आरोपमा शंकास्पद एक जनालाई न्युरोड क्षेत्रबाटै बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले पक्राउ परेका व्यक्‍तिको पहिचान भने खुलाएको छैन।

यता मृतकको पनि पहिचान भने नखुलेको एसपी मैनालीले बताए। मृतक न्युरोड क्षेत्रमै मजदुरी गर्ने व्यक्ति थिए। मृतकको निधारमा चोट देखिएको थियो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) कपिलवस्तु । सशस्त्र प्रहरी सिमा सुरक्षा बल महाराजगन्ज कपिलवस्तुको टोलीले भारतबाट भित्रीएको २ लाख ९० हजार रुपैयाँ बराबरका अवैध सामाग्री सहित २ वटा मोटरसाइकल बरामद गरिएको हो । पानी तान्ने मोटर र मोटरसाइकल बरामद गरेको शसस्त्र प्रहरी उपरीक्षक राम जंग पाण्डेले जानकारी दिनुभयो । जिल्लाको महाराजगन्ज नगरपालिका १ गैडहवा चोक नजिकै कच्चीबाटो छेउमा […]

(ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाले फोहोर बोक्ने आफ्ना ४ जना चालक रिहा नभएसम्म फोहोर नउठाउने जनाएको छ । सोमबार काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु […]

(ABC-Sanchar) काठमाडौं । चालु आवको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७ सय ५ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो । वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष […]