२९ भाद्र २०८१, शनिबार
14-09-2024 , Sat
×

कपिलवस्तु प्रहरीले नगदसहित ७ जना जुवाडेहरु गएराती पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

ABC (क्राईमबिट)
कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नं. ७ बनगाईको एक होटेलमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मार्दा ७ जुवाडे पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पिपराका इन्चार्ज प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा रहेको प्रहरी टोलीले गए राती सवा ११ बजे छापा मार्दा ७ जना जुवाडे पक्राउ परेका हुन्। अन्य २ जना भागेका छन्।

पक्राउ परेका सबै उपर अनुसन्धान भइरहेको र नियम अनुसार मुद्धा दर्ता प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए।

पक्राउ परेका जुवाडेलाई इलाका प्रहरी कार्यालय पिपरामा थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बझाङ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।

  बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत(हाल नेपालगंज) मा “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षणको लागि यस केन्द्रमा पाल्नु भएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी समेतको समितिद्वारा यस केन्द्रको निरीक्षण सम्पन्न भयो । साथै उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यूले यस केन्द्रमा […]

  काठमाडौं । उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी बुझाएर उनी छुटेका छन्। यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन्। ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो। […]

error: Content is protected !!