२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुर्खेतमा लागुऔषध मुद्दामा घुस लिने इन्सपेक्टर कार्वाही एसपी किन भैइन कार्वाही

Logo
प्रकाशित आइतबार, कार्तिक २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । लागूऔषधको मुद्दाको अनुसन्धानमा चलखेल गरी अभियुक्तलाई छुटाउन सहयोग गर्ने नेपाल प्रहरुीका इन्सपेक्टर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्सपेक्टर लालबहादुर सुनारमाथि विभागीय कारबाही भएको छ ।

ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तसँग आर्थिक लाभ लिइ मुद्दालाई कमजोर बनाएको छानबिनमा खुलेपछि उनी कारबाहीमा परेका हुन् । । प्रहरीकै कमजोरीले लागुऔषध मुद्दामा अभियुक्तहरु धरौटीमा छुटेका थिए । छानबिनको क्रममा प्रहरी अनुसन्धानका आधारभुत सिद्धान्त समेत पालना गरेका थिएनन् । बरामदी रोहबरमा कम्तीमा एक जना जनप्रतिनिधि वा सरकारी कर्मचारीलाई राख्नुपर्नेमा उनले कसैलाई राखेका थिएनन् । साथै बरामदी कपडाको समेत सनाखत गराएका थिएनन् । अभियुक्तलाई फाइदा हुने गरी अनुसन्धान प्रतिवेदन तयार गरेका थिए । सोही आधारमा अभियुक्तलाई अदालतले छाडेको थियो । अभियुक्तबाटै लागुऔषध बरामद भएको प्रष्ट प्रमाण नै नराखी मुद्दा दायर गरिएको थियो, जसकारण अदालतले धरौटीमा छाडेको थियो । अनुसन्धानमा लापरबाही गरेकाले इन्सपेक्टर सुनुवारलाई नसिहत दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेक प्रसाद राईले बताए ।

सो घटनामा सुर्खेतका एसपी पदबहादुर बिष्टमाथि समेत कारबाही भएन । स्रोतका अनुसार यो घटनामा एसपी बिष्टको पनि शंकास्पद भूमिका देखिएको थियो । एसपी र इन्सपेक्टरकै मिलेमतोमा अभियुक्तलाई जोगाउन खोजेको सूचना प्रहरी प्रधान कार्यालयले पाएको थियो ।

तर एसपीमाथि विस्तृत छानबिन नै नगरिएको स्रोत बताउँछ । कांग्रेस नेताको दबाबमा उनीमाथि कारबाही नभएको हो । एसपीको मिलेमतोबिना यस्तो चलखेल सम्भव नहुने एक प्रहरी अधिकारी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]