२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

महिलाको नाममा फेक फेसबुक बनाएर चरित्र हत्या गर्ने एकजना युवा पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक २०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको हो । पीडितको उजुरीको आधारमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय सुमितकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरले फेसबुकमा समिरा शर्मा (बेबी) नामको फेक आईडी बनाई उक्त आइडीको वालमामा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लील तस्बिर राखेर पोस्ट गरेर चरित्र हत्या गरेको साइबर ब्यूरोले जनाएको छ । अनर्गल, अश्लील शब्दहरु स्टाटस लेख्नुका साथै पीडितको आफन्तहरूले प्रयोग गर्ने फेसबुकको मेसेन्जरमासमेत अश्लील म्यासेज पठाएर हरानी दिएपछि पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनलाई इलाका प्रहरी कार्यालय भेडिया सप्तरीको सहयोगमा पक्राउ गरेर अनुसन्धान थालिएको छ । काठमाडौं जिल्ला अदालतको सोमबारको आदेशले ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य थालिएको ब्युरोका प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।