२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पत्रकार आचारसंहिता बमोजिमको काउन्सिलको कारबाही अदालतबाट सदर

Logo
प्रकाशित बुधबार, कार्तिक २३, २०७९

(ABC-Sanchar)
काठमाडौँ । उच्च अदालत पाटनले बुधबार अनलाइन मिडिया नियमनका विषयमा प्रेस काउन्सिल नेपालको पक्षमा फैसला गरेको छ । काउन्सिलले पत्रकार आचारसंहिताबमोजिम नेपाल आज डटकम अनलाइनलाई सूचीकरणबाट हटाउने गरी गरेको कारबाहीमाथि दायर रिट निवेदनको अन्तिम फैसला गर्दै उच्च अदालत पाटनले नेपाल आजको रिट नै खारेज गरिदिएको छ ।

आचारसंहिताविपरीत कार्य गरेपछि कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने काउन्सिलको निर्णयविरुद्ध नेपाल आज डटकमका सञ्चालक माधव प्रसाद गुरागाईंले रिट दायर गरेका थिए । पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अटेर गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै काउन्सिलले उक्त अनलाइनलाई सूचीकरणबाटै हटाएको थियो ।

काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै नेपाल आजले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले गत असार ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

फैसलाअघि अदालतले निर्णयका सक्कल मिसिल माग गरी अध्ययनसमेत गरेको थियो । उक्त मुद्दा बुधबार पेसी तोकिएकोमा न्यायाधीशद्वय राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासबाट रिट खारेज हुने फैसला भएको हो । यस फैसलासँगै काउन्सिललाई अनलाइन र न्यु मिडियाका लागि नियमन र अनुगमनको पाटो थप स्पष्ट भएको छ । फैसलाको पूर्णपाठ आउन केही समय लाग्ने जनाइएको छ ।

सो मुद्दामा काउन्सिलको तर्फबाट अदालतमा अधिवक्ताहरू अनन्तराज लुइँटेल, झबिन्द्र भुसाल र प्रतिभा उप्रेतिले बहस गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]