२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सेवा निवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक द्वय धानुक र बिसीको भब्य बिदाइ

Logo
प्रकाशित शुक्रबार, कार्तिक २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्र बहादुर धानुक र अरूण कुमार बिसीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त भएका धानुक र बिसीलाई मायाको चिनो प्रदान गरेका छन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविच्छिन्न लामो सेवाद्वारा नागरिक र सङ्गठनलाई गरेको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यावसायिक एवं सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त गरे । सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट आगामी दिनमा सङ्गठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वयले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए । सेवा अवधिभर सङ्गठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा सङ्गठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताए । सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्र बहादुर धानुक र अरूण कुमार बिसी वि.सं. २०४९ चैत्र ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकाश भएका हुन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धीत समाचार : एआईजी रवीन्द्र धानुकको बिदाइ, ४ दरबन्दी रिक्त

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]