२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

राजेश बुढाथोकी नक्कली पत्रकारको बर्थडे पाटीमा भिआईपीदेखि ईन्सपेक्टर सम्मको लर्को किन ?

Logo
प्रकाशित शनिबार, कार्तिक २६, २०७९

ABC (क्राईमबिट)

काठमाडौं । हातमा केक, सिरमा पाल्पाली ढाकाटोपी, काधमा खादाको भारी, सेतो खैरो कोट र जिन्सको पाइन्टमा चटक्क परेर सजिएका व्यक्तिको वरीपरि भिआइपीहरु उभिएका छन् । उनका अघिल्लोतिर नेपाल प्रहरीका महानिरिक्षक (आईजीपी) धिरजप्रताप सिंह र गृहमन्त्रालयका उपसचिव गोविन्द रिजाल । त्यस्तै उनको पछिल्लो तिर छन् प्रहरी नायव महानिरीक्षक (डिआईजी) दिपक थापा, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) कुवेर कडायत ।

नेपाल प्रहरीको उच्च अधिकारीहरुको बीचमा बसेर केक काटीरहेका उनलाई देख्दा पक्कै पनि उनी उच्च पदस्तका व्यक्ति हुन् कि भन्ने लाग्छ । तर उनी कुनै उच्च पदस्तका व्यक्ति भने होइनन् । प्रहरी संगठनको उच्च अधिकारीहरु मात्रै होइन तालुकदार मन्त्रालयकै उपसचिवलाई नै जन्मदिनको कार्यक्रममा बोलाउन सक्ने व्यक्तिको होलान् भन्ने जिज्ञासा हुनु स्वभाविक हो ।

प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा प्रहरीको उच्च अधिकारीहरुसँग आफ्नो जन्मदिन मनाउने व्यक्ति हुन्–राजेश बुढाथोकी । उनले सामाजिक सञ्जालमा भने सुधाकर राजेश नाम राखेका छन् । उनले आफु अनलाईन खबरको रिपोर्टर रहेको आफ्नो बायोमा लेखेका छन् । तर अनलाईन खबरमा सम्पर्क गर्दा राजेशले कहिल्यै पनि काम नगरेको प्रतिक्रिया दिए।

उनले अनलाईन खबरसँगै नयाँ विकल्प अनलाईनमा समेत काम गरेको उल्लेख गरेका छन् । नयाँ विकल्प अनलाइनमा पनि सम्पर्क गर्दा उनले त्यहाँ पनि काम नगरेको प्रतिक्रिया आयो । उनले आफूले पत्रकारीता गरेको बताएपनि कुनैमा पनि उनको आवद्धता भेटिँदैन । यद्धपी उनले सामाजिक सञ्जालमा भने आफू अनलाइन खबर र नयाँ विकल्प अनलाइन मात्रै होइन नेपाल टेलिभिजनको समेत रिपोर्टर भएको बताएका छन् ।

उनको जन्मदिनमा भावी आइजीपीको रुपमा हेरिएका डिआइजी बसन्त कुँवर समेत पुगेका थिए । एसएसपीहरु दान बहादुर कार्की, ओम राना समेत पुगेका थिए । त्यस्तै प्रहरी उपरिक्षक (एसपी) सन्तोष सिंह राठौर, विश्वराज खड्का लगायत अन्य अधिकारीहरु समेत पुगेका थिए । त्यस्तै कालिमाटी बृत्तका डिएसपी अनिल घिमिरे र सिइआइबीका डिएसपी रोशन खड्का पनि त्यहाँ पुगेको तस्विरमा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा नक्कली परिचय राखेर पत्रकार हुँ भन्दै आएका राजेशले कुनै पनि समाचार बाइलाइनमा लेखेको समेत भेटिएन । उनले सामाजिक सञ्जालमा भने स्ट्याटस लेख्ने गरेको देखिएको छ । नेपाल प्रहरीको स्वमित्व रहेको नेपाल पुलिस क्वबको सभाहलमा उनको बर्थडे कसरी आयोजना हुन पुग्यो भन्ने रहस्य खुलेको छैन तर, सबैजसो उच्च अधिकारी त्यहाँ किन पुगे भन्ने प्रश्न भने पत्रकारहरुकै बीचमा चर्चाको विषय बनेको छ ।

रोल्पा घर भएको बताउने ती पत्रकारलाई रोल्पाकै पत्रकार महासंघका अध्यक्ष मानसिंह विकले समेत कहिल्यै नचिनेको बताए ।

‘हिजो पुलिस क्लबमा फेसबुके पत्रकारको जन्मदिन मनाउन नक्सालको कति लगानी भएछ ?,’ पत्रकार विनोद चौलागाइँले लेखेका छन्,‘आइजीपीदेखि ईन्सपेक्टरसम्मको लर्को रच त ।
दियो-पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!