
ABC (क्राईमबिट)
बर्दिया । मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा पाटे बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
बिहान मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।