२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

भन्सार छलेर ल्याएको २ गाडी सहित १ जना पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक २६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ ।

अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको योजनाअनुरुप सरोकारवालासँग परामर्श भइरहेको प्रवक्ता खड्काले बताए । उनले भने, “डिसेम्बरको अन्तसम्ममा उडान गर्ने भनेर तयारी हुँदैछ । कुन–कुन गन्तव्यमा उडाउने भन्नेबारे समितिको प्रतिवेदनपश्चात् बोर्डले निर्णय लिनेछ ।”

हाल गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।
रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!