२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन गर्ने सरकारको तयारी

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ ।

नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ । निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी दिए ।

निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस ९सीओपी० तथा पल्टुन अपरेटिङ बेस ९पीओवी० स्थापना भइसकेका छन् । एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!