२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

दाङ प्रहरीले चोरी भएको सुनका गहना र नगदसहित १ जना पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९

ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले चोरी भएको सुनका गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका बाँकेको खजुरा गाउँपालिका वडा नं. २ निवासी ४२ वर्षीय राजेन्द्र सुनार रहेका छन् । सुनारलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरा स्थित कृष्ण दमाईको घरमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा शनिवार बेलुका ७ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद रुपमा रहेका सुनारलाई खान तलासी गर्दा उनको साथ रहेको पहेलो रङको झोलामा लुकाई राखेको सुनका गहना र नगद ४४ हजार ३०१ रुपैया बरामद गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रवत केसीले जानकारी दिए । सुनारले उक्त गहना र नगद दैलेख नगरपालिका वडा नं. ८ हाल नेपालगञ्जको पुष्पलाल चोक बस्ने राधा भण्डारीले सञ्चालन गरेको दुल्लु दरवार होटलबाट चोरी गरेर ल्याएको प्रहरीलनई वयान दिएका छन् ।

प्रहरीले बरामद गरेका गहनाहरु ?
हरियो पोते सहितको छड्के तिलहरी १ थान ।
रातो पोते सहितको तिलहरी १ थान ।
सिक्रि १ थान ।
चुरा १ थान ।
बाला २ थान ।
चन्द्रमा १ थान।
किलिप २ थान ।
रातो पोतेसहितको सानो मंगलसुत्र १ थान ।
कालो पोते सहितको ईण्डियन मंगलसुत्र १ थान ।
औठी १ थान ।
कालो पोतेमा सानो माला १ थान ।
औठी १ थान ।
पाउजु २ थान ।
नेपाली र भारतिय रुपैया गरी जम्मा रुपैया ४४३०१ नगद । रहेकोे प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!