२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आचारसंहिता उल्लंघन गर्ने निर्वाचन आयोगले गर्‍यो ११६ जनालाई कारबाही

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९

(ABC-Sanchar)
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ११६ जनालाई कारबाही गरेको छ । आचारसंहिता उल्लंघन गर्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै रहेको आयोगले जनाएको छ ।

आयोगको तथ्यांकअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ । आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ । शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन आयोगले सम्बन्धित मन्त्रालयलाई पत्र लेखेको जनाएको छ ।

आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर आचारसंहिताअनुसार निर्वाचन खर्च नबुझाएका र प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार भएका ३ सय ६९ उम्मेदवारको नाम बन्द सूचीबाट हटाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।