३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

डिआईजी जोशीलेद्वारा निर्वाचन सुरक्षा अनुगमन तथा खटिने प्रहरी कर्मचारीहरू लाई निर्देशन

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीको निर्वाचन सुरक्षा योजना अनुगमन तथा जिल्लाका विभिन्न स्थानहरुमा निर्वाचन सुरक्षाका लागि जान लागेका प्रहरी कर्मचारीहरुलाई विशेष निर्देशन गर्नुभएको छ ।

आगामी मंसिर ४ गते सम्पन्न हुन गई रहेको निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी कर्मचारीहरूले गर्नुपर्ने कार्यहरू तथा निभाउनु पर्ने भूमिकाका सम्बन्धमा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले निर्वाचन आयोग प्रदत्त अधिकारको प्रयोग गरी, प्रहरी आचरण र व्यवहारलाई आत्मसाथ गरी निर्वाचन सम्पन्न गराउनु हुन समेत निर्देशन गर्नुभयो ।

यसका साथै प्रहरी नायव माहनिरीक्षक जोशीले जिल्लाको सम्पूर्ण मतदान केन्द्रको सुरक्षा योजना , प्रहरी जनशक्ति र म्यादी प्रहरी व्यवस्थापनको समेत अनुगमन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!