२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रविको गाडीमा तोडफोड पछि निर्वाचन आयोगले दियो यस्तो कडा निर्देशन !

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९

(ABC-Sanchar)
काठमाडौँ । निर्वाचन आयोग दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन दिन निर्देशन दिएको छ । आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन दिन निर्देशन दिएको हो ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएकोले निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुने भएको हुँदा सबै राजनीतिक दल एवं सबै उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न आयोग गृह मन्त्रालयलाई पुनः निर्देशनसहित ध्यानाकर्षण गराइएको छ ।’

आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्नरगराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!