३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

पोखरीमा डुवेर ३ जना भारतीय बालकको मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९

ABC (क्राईमबिट)
सिरहा । मिर्चैयास्थित पोखरीमा डुवेर दाजुभाई सहित तीन भारतीय बालकको मृत्यु भएको छ। मिर्चैया नगरपालिका १ कमियाटोल नजिक रहेको जेके इँटा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ थाना खरिन्चया २७ का खुर्सिद आलमका छोराहरु वर्ष १२ का अलि हसन, १० वर्षिय नवि हसन र अररिया जिल्ला, थाना जोगवनी निरगंज २२ का नन्दलाल दाशका १० वर्षिय छोरा नितेशको आईतबार पाँच बजे पोखरीमा डुवेर मृत्यु भएको हो।

इँटा उद्योग नजीकै रहेको पोखरीमा पौडिखेल्ने क्रममा डुवेको अवस्थामा खुर्सिदले देखेर तीनैजनाको तत्काल उद्धार गरेपनि आली दाजुभाईको घटनास्थलमै र दाशको उपचारको क्रममा मिर्चैया स्थित स्वास्थ्य संस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख हरिवहादुर वलीले जानकारी दिए। प्रहरीले घटनाबारे ६ बजेमात्र जानकारी पाएको बताए।

प्रहरीले घटनासम्वन्धमा अनुसन्धान गरिरहेको जनाएको छ। तीनैजना बालकाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिउको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू […]

  काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार […]

error: Content is protected !!