२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

मंसिर १ गतेदेखि ३ गतेसम्म रातमा सवारी साधन सञ्चालनमा रोक

Logo
प्रकाशित सोमबार, कार्तिक २८, २०७९


ABC (क्राईमबिट)
दाङ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका सवारीसाधन बाहेकका सवारीसाधनहरुलाई रातको समयमा चल्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनका सन्दर्भमा समाजमा डर,त्रास एवं भय सृजना गरी निर्वाचनको शान्तिपूण वातावरण बिथोल्ने जस्ता कार्यहरु हुन सक्ने भन्दै मंसिर १ गते साँझ ६ बजेदेखि ३ गते विहान ६ बजेसम्मलाई स्वास्थ्य, विद्युतीय, कृषि,दुग्ध,माछा,मासु,शव बहान, इन्धन र टेलिकमका सवारीसाधन बाहेक अन्य सवारीसाधन चलाउन नपाइने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनका क्रममा हुन सक्ने अपराधिक क्रियाकलापलाई रोक्नका लागि अत्यावश्यक सेवाका सवारीसधानहरुलाई रातको समयमा रोक लगाउने निर्णय गरेको बताइएको छ ।

साथै २०७९ मंसिर ४ गते आइतवार मतदान हुने दिनका लागि निर्वाचन आयोगबाट जारी भएको सवारी आवागमन व्यवस्थापन सम्वन्धी मापदण्ड जिल्लामा सवारी पास लिएका सवारीसाधनहरु भिआईपी सवारीसाधनहरु,सवारी पास अनुमति लिएका उम्मेदवाहरुको लागि तोकिए बमोजिमका सवारीसाधनहरु, लामो दुरी र छोटो दुरीका यात्रुबाहक सवारी साधन,सरकारी सेवाका सवारी साधन,कर्मचारी परिचयपत्र भएका सवारी साधनलाई सञ्चालन गर्न दिइने भएको छ ।

त्यसैगरी निर्वाचनमा खटिएका सवारीसाधान (राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षक र अनुगमन टोली), सञ्चारकर्मी (परिचयपत्र बाहक)का सवारीसाधन, निर्माण कार्यमा संलग्न सवारीसधन, नजिकको सुरक्षाबाट पूर्व स्कवीकृति लिएका वा पूर्व जानकारी गराइएका सवारी साधनहरु र जिल्लाभित्रबाट अन्य बाहिर जिल्लामा जाने सवारी साधनहरुलाई भने छुटको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!