२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा विकासको काम आफुले जुनसुकै समयमा पनि गर्ने नेता राईको प्रतिबद्धता

Logo
प्रकाशित बुधबार, कार्तिक ३०, २०७९


(ABC-Sanchar)
बाँके । जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफनो निर्वाचन क्षेत्रमा पर्ने नेपालगन्ज उपमहानगरपालिका १९ मा घरदैलो गरेका छन् ।

उक्त वडाका फुटाहा, मन्निपुरुवा, भन्खुस्रा र सुईयामा घरदैलो गरेका हुन् । त्यसक्रममा मतदाताहरु उत्साहित भएर राईलाई स्वागत गरेका छन् ।

त्यसक्रममा राइले यो क्षेत्रको विकासका मुद्दामा आफुले जुनसुकै समयमा पनि साथ दिने प्रतिबद्धता जनाएका छन् । उनले नेपालगन्ज र यो निर्वाचन क्षेत्रको विकास, समृद्धि अनि सामाजिक सद्भाव र आपसी भाइचारबाहेक आफूले अरू कुनै पनि स्वार्थ नराखेको भन्दै यहाँको समग्र विकासका लागि आफू संसद भए पनि नभए पनि लागिरहने प्रण पनि गरेका छन् ।

उनले यो क्षेत्रमा स्तरीय र जीवनोपयोगी सिपमुलक शिक्षा, आधुनिक प्रविधिको स्वास्थ्य, उत्कृष्ट सामाजिक सुरक्षा र युवा तथा रोजगारी लगायत भौतिक विकास निर्माण अनि पर्यापर्यटनलाई महत्वमा राखेर योजनाहरू बनाइरहेको भन्दै त्यसलाई सफल पार्नका लागि जसपाका उम्मेदवारहरूलाई मतदान गर्न पनि अपिल गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!