०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

डोटीको मतदान स्थलमा झडप ४ राउण्ड प्रहरीद्वारा हवाइ फायर

Logo
प्रकाशित आइतबार, मंसिर ०४, २०७९


ABC (क्राईमबिट)
डोटी । शिखर नगरपालिका–८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर गरिएको हो।

 

भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए।

केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भए पछि मतदान पुनः सुरु भएको जनाइएको छ। १७ सय मतदाता रहेको उक्त मतदान स्थलमा ५०६ मत खसेको छ। अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ।

यस्तै डोटीकै जोरायल गाउँपालिका ३ रावतकट्टेमा रहेको रत्न माध्यमिक विद्यालयमा भइरहेको मतदान भने रोकिएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण हुँदा मतदान स्थगित भएको हो।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको क्रम संख्या ९०१ देखि ९१८ सम्मको मतपत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण गरिएको थियो। मतदाताले उक्त विषय थाहा पाएपछि सोही क्रम सङ्ख्याभित्रका पछिल्लो ४ जनाले भने पुनः मतदान गरेका छन्। बाँकी १४ मत बदर गर्ने वा मतदान प्रक्रिया नै स्थगित गर्ने भन्ने विषयमा अहिले विवाद भइरहेको छ।

मतदानस्थलमा खटिएका विभिन्न दलका प्रतिनिधिहरूले कर्मचारीको लापरबाहीका कारण समस्या भएको बताएका छन्। अहिले उक्त समस्याको हल निकालेर मतदान सुचारु गर्न पहल भइरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!