२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डोटीको मतदान स्थलमा झडप ४ राउण्ड प्रहरीद्वारा हवाइ फायर

Logo
प्रकाशित आइतबार, मंसिर ०४, २०७९


ABC (क्राईमबिट)
डोटी । शिखर नगरपालिका–८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर गरिएको हो।

 

भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए।

केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भए पछि मतदान पुनः सुरु भएको जनाइएको छ। १७ सय मतदाता रहेको उक्त मतदान स्थलमा ५०६ मत खसेको छ। अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ।

यस्तै डोटीकै जोरायल गाउँपालिका ३ रावतकट्टेमा रहेको रत्न माध्यमिक विद्यालयमा भइरहेको मतदान भने रोकिएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण हुँदा मतदान स्थगित भएको हो।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको क्रम संख्या ९०१ देखि ९१८ सम्मको मतपत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण गरिएको थियो। मतदाताले उक्त विषय थाहा पाएपछि सोही क्रम सङ्ख्याभित्रका पछिल्लो ४ जनाले भने पुनः मतदान गरेका छन्। बाँकी १४ मत बदर गर्ने वा मतदान प्रक्रिया नै स्थगित गर्ने भन्ने विषयमा अहिले विवाद भइरहेको छ।

मतदानस्थलमा खटिएका विभिन्न दलका प्रतिनिधिहरूले कर्मचारीको लापरबाहीका कारण समस्या भएको बताएका छन्। अहिले उक्त समस्याको हल निकालेर मतदान सुचारु गर्न पहल भइरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!