(ABC-Sanchar)
काठमाडौं । चुनावका लागि मतदान गर्ने समय सकिएपनि बेलुका ७ बजेपछि मात्र गाडी चल्ने भएको छ।
मतदान गर्ने समय सकिए पनि अहिले लाइनमा बसेकाहरूले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनको दिन काठमाडौंमा सवारी साधन चलाउन रोक लगाइएको थियो। चुनाव सकिए पनि बेलुका ७ बजेपछि मात्र गाडी चलाउन पाउने प्रहरीले जनाएको छ।
आइतबार बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म गाडी चलाउन रोक लगाएको थियो।