२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

नवलपरासीको देवचुलीमा मतदान जारी

Logo
प्रकाशित सोमबार, मंसिर ०५, २०७९

(ABC-Sanchar)
नवलपरासी । (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने बताए ।

स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न भएपछि आज साँझबाटै क्षेत्र नं १ को मतगणना गरिने उनले बताए । सो मतदान केन्द्रमा नौ सय ८० मतदाता रहेका थिए ।

नवलपुरमा ६६ प्रतिशत मतदान

दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा करिब ६६ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार जिल्लाका दुवै क्षेत्रमा गरी ६६ दशमलब ४९ प्रतिशत मतदान भएको हो । जिल्लामा ९६ हजार छ सय ८० महिला तथा ७६ हजार पाँच सय पुरुष र एकजना तेस्रोलिङ्गी मतदातासहित एक लाख ७३ हजार एक सय ८१ मतदाताले मतदान गरेका उनले बताए ।

जिल्लाका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये तीन सय एक मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । दुईवटा प्रतिनिधिसभा तथा चारवटा प्रदेशसभा निर्वाचन रहेको जिल्लामा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् ।

क्षेत्र नं २ मा मतगणनाको तयारी

नवलपुरको क्षेत्र नम्बर २ को मतगणना गर्ने तयारी गरिएको छ । मतगणना गर्ने तयारीस्वरुप अहिले सर्वदलीय बैठक जारी

रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिए । राति अबेरसम्म सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थल कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा आइपुगेपछि अहिले बिहानबाट सर्वदलीय बैठक बसिरहेको छ ।

“सदर र बदर मत, मतगणना प्रक्रियालगायत विभिन्न विषयमा छलफल भइरहेको छ”, उनले भने, “अबको केहीबेरमा हामीले मतगणना गर्नेर्छौं ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!