२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीको एआइजी बढुवाको तयारी को को छ्न प्रतिस्पर्धामा

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । चुनावलगत्तै नेपाल प्रहरीमा एआइजी बढुवाको तयारी सुरु भएको छ । प्रहरीमा एआइजीका चार पद रिक्त छन् । नयाँ सरकार बन्न समय लाग्ने भएकाले अहिलेकै सरकारले रिक्त पदमा बढुवा गर्न लागेको हो ।

निर्वाचनको अन्तिम परिणाम आउँदा गठबन्धनबीचकै दलहरु मिलेर सरकार बन्ने÷नबन्ने अहिले प्रष्ट संकेत देखिएको छैन । त्यसकारण पनि सरकार बन्न समय लाग्नेछ । लामो अवधि एआइजी पद रिक्त नराखी बढुवा गर्न लागिएको गृह स्रोतले बताएको छ ।

स्रोतका अनुसार बढुवाका लागि आन्तरिक तयारी भइसकेको छ । रिक्त पदमा बढुवाका लागि एक दर्जन डिआइजी प्रतिस्पर्धामा छन् । सिनियर टिमबाट तीन जना छन् । जसमा नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहन आचार्य छन् । उनीहरु हाल प्रदेश प्रमुखका रूपमा कार्यरत रहँदा बढुवाकै लागि पैसा कमाउन लागिरहेको रिपोर्ट प्रहरी प्रधान कार्यालयमा आएको स्रोतले बताएको छ । चुनावपछि बढुवा गर्दा आफूहरु नपर्ने सम्भावना भएकाले चुनावअघि नै बढुवाका लागि उनीहरुको दौडधुप थियो, तर प्रयास सफल भएन ।

अब हुने बढुवामा उनीहरु पर्ने सम्भावना कम छ । नयाँ ब्याचका डिआइजीहरु कार्यक्षमतामा पनि अब्बल र पहुँचमा पनि अगाडि भएकाले उनीहरु नै बढुवामा पर्नेछन् । अर्काेतर्फ चार पदका लागि दर्जन धेरै प्रतिस्पर्धामा भएकाले पनि टक्कर चर्काे छ । डिआइजीमा ज्येष्ठताको वरियताअनुसार वसन्तबहादुर कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, रामदत्त जोशी, सन्दीप भण्डारी, किरण राणा, दुर्गा सिंहलगायत प्रतिस्पर्धामा छन् । हालको ३० वर्षे सेवाहद कायमै रहेमा यही टोलीबाट एक जना चैतमा आइजिपी हुने भएकाले अहिलेको बढुवामा चलखेल हुने सम्भावना छ ।

अर्काेतर्फ कांग्रेस नेतृत्वको सरकार बबनेमा भने ३० वर्षे सेवाहद हट्ने सम्भावनासमेत रहेको बताइन्छ । ३० वर्षे सेवाहदले राज्यलाई पेन्सनको भार बढेको र क्षमतावान प्रहरीहरु कम उमेरमै अवकाश पाउने भएकाले यसलाई संशोधनको माग भइरहेको छ । सेवाहद हटेमा हालका महानिरीक्षक सिंहको कार्यकाल पनि बढ्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!