२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीको एआइजी बढुवाको तयारी को को छ्न प्रतिस्पर्धामा

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । चुनावलगत्तै नेपाल प्रहरीमा एआइजी बढुवाको तयारी सुरु भएको छ । प्रहरीमा एआइजीका चार पद रिक्त छन् । नयाँ सरकार बन्न समय लाग्ने भएकाले अहिलेकै सरकारले रिक्त पदमा बढुवा गर्न लागेको हो ।

निर्वाचनको अन्तिम परिणाम आउँदा गठबन्धनबीचकै दलहरु मिलेर सरकार बन्ने÷नबन्ने अहिले प्रष्ट संकेत देखिएको छैन । त्यसकारण पनि सरकार बन्न समय लाग्नेछ । लामो अवधि एआइजी पद रिक्त नराखी बढुवा गर्न लागिएको गृह स्रोतले बताएको छ ।

स्रोतका अनुसार बढुवाका लागि आन्तरिक तयारी भइसकेको छ । रिक्त पदमा बढुवाका लागि एक दर्जन डिआइजी प्रतिस्पर्धामा छन् । सिनियर टिमबाट तीन जना छन् । जसमा नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहन आचार्य छन् । उनीहरु हाल प्रदेश प्रमुखका रूपमा कार्यरत रहँदा बढुवाकै लागि पैसा कमाउन लागिरहेको रिपोर्ट प्रहरी प्रधान कार्यालयमा आएको स्रोतले बताएको छ । चुनावपछि बढुवा गर्दा आफूहरु नपर्ने सम्भावना भएकाले चुनावअघि नै बढुवाका लागि उनीहरुको दौडधुप थियो, तर प्रयास सफल भएन ।

अब हुने बढुवामा उनीहरु पर्ने सम्भावना कम छ । नयाँ ब्याचका डिआइजीहरु कार्यक्षमतामा पनि अब्बल र पहुँचमा पनि अगाडि भएकाले उनीहरु नै बढुवामा पर्नेछन् । अर्काेतर्फ चार पदका लागि दर्जन धेरै प्रतिस्पर्धामा भएकाले पनि टक्कर चर्काे छ । डिआइजीमा ज्येष्ठताको वरियताअनुसार वसन्तबहादुर कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, रामदत्त जोशी, सन्दीप भण्डारी, किरण राणा, दुर्गा सिंहलगायत प्रतिस्पर्धामा छन् । हालको ३० वर्षे सेवाहद कायमै रहेमा यही टोलीबाट एक जना चैतमा आइजिपी हुने भएकाले अहिलेको बढुवामा चलखेल हुने सम्भावना छ ।

अर्काेतर्फ कांग्रेस नेतृत्वको सरकार बबनेमा भने ३० वर्षे सेवाहद हट्ने सम्भावनासमेत रहेको बताइन्छ । ३० वर्षे सेवाहदले राज्यलाई पेन्सनको भार बढेको र क्षमतावान प्रहरीहरु कम उमेरमै अवकाश पाउने भएकाले यसलाई संशोधनको माग भइरहेको छ । सेवाहद हटेमा हालका महानिरीक्षक सिंहको कार्यकाल पनि बढ्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]