२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

आफ्नो नागरिकता विवादमा रवि लामिछानेले दिए स्पष्टीकरण

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

(ABC-Sanchar)
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो नागरिकता सम्बन्धमा दिएको स्पष्टीकरण निर्वाचन आयोगमा आइपुगेको छ।

जिल्ला निर्वाचन कार्यालय चितवनका मुख्य निर्वाचन अधिकृत हृतेन्द्र थापाले लामिछानेको स्पष्टीकरण आयोगमा पठाएका हुन् । मङ्गलवार प्राप्त भएको स्पष्टीकरण खामको सिलबन्दी नै नखोली आयोगको केन्द्रीय कार्यालयमा पठाएको जानकारी थापाले दिए।

 

दोहोरो नागरिकता रहेको आरोप लागेपछि निर्वाचन कार्यालयले लामिछानेसँग स्पष्टीकरण माग गरेको थियो । लामिछानेले मङ्गलवार जिल्ला निर्वाचन कार्यालय चितवनमा स्पष्टीकरण दिएका थिए । उनीमाथि अमेरिका र नेपालको नागरिकता लिएको आरोप थियो ।

स्रोतका अनुसार लामिछानेले आफूले अमेरिकी नागरिकता त्याग गरिसकेको र नेपाली नागरिकता तथा राहदानी नै रहेको स्पष्टीकरणमा उल्लेख गरेका छन् । उनले आफूसँग दोहोरो नागरिकता नभएको स्पष्टीकरण पनि आयोगलाई बुझाएका छन्।

उक्त स्पष्टीकरणपछि आयोगले नागरिकता विवादसम्बन्धी थप कारबाही अगाडि बढाउनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।