२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाबुराम भट्टराईले संसदमा गरेको त्यो भविष्यवाणी पुरा हुँदै

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९


(ABC-Sanchar)
काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई कुनै ज्योतिष हैनन् । तर उनले ठिक २ महिना अघि प्रतिनिधिसभा बैठकमा रोष्टमबाट गरेको भविष्यवाणी यतिबेला चरितार्थ भएको छ । उनले भनेअनुसार सहरी क्षेत्रमा नयाँ दल र युवा उम्मेदवारले पुराना नेता र दललाई हायलकायल पारेका छन् ।
संसदमा तेस्रो वा चौथो दल बन्ने हैसियत राख्दै ५ महिना अघि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ३ क्षेत्रमा जित हासिल गरेको छ भने थप एक स्थानमा जित हासिल गर्ने निश्चित छ । सो दलले सामानुपातिकतर्फ तेस्रो हैसियतमा मत पाउँदै गएको छ । यस्तै ललितपुर, चितवन र सुनसरीका क्षेत्रमा प्रत्यक्षतर्फ अग्रता हासिल गरेको छ ।

सीके राउतको जनमत पार्टीमात्र होइन, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि संसदमा नयाँ दलको रुपमा प्रवेश गर्ने भएका छन् । निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदयलाई राजनीतिक क्षेत्रका व्यक्तिले आश्चर्य मानिरहेका बेला डा. भट्टराईले गत असोज १ गतेको संसद बैठकमा सहरी क्षेत्रमा अब पुराना नेता र दललाई कठिन हुने र पुराना नेताहरु बढारिने बताउँदै दलहरुलाई सच्चिन आग्रह गरेका थिए ।

के भनेका थिए डा.भट्टराईले अघिल्लो प्रतिनिधिसभाको अन्तिम बैठकमा ?

‘अहिले जुन खालको लहर आउँदैछ, युवा पुस्तामा यस्तो विद्रोहको लहर आउँदैछ, बालेन र हर्कहरु मैले एउटा सानो झिल्कोमात्र देखिरहेको छु । तर यसलाई तपाईहरुले सम्वोधन गर्न सक्नुभएन भने आउँदो निर्वाचनमा गाउँ ठाउँमा त त्यस्तो प्रभाव नपर्ला, हाम्रो
संगठनको बलमा चुनाव जितिएला तर सहरी क्षेत्रहरुमा तपाईहरु हेर्नुस्, त्यति सहजै हामी चुनाव जित्नेवाला छैनौँ । हामी को को बढारिन्छौँ, म भन्न सक्दिन । मलाई त आत्मविश्वास छैन । सकेसम्म मैले आफूलाई नविकरण गर्न खोजिरहेको छु, तर म आफैमा आत्मविश्वास छैन । जुन ढंगले हामी पछाडि परिरहेका छौँ, देशको समस्या समाधान गर्न हामी असफल भइरहेका छौँ । त्यसैले हामीले शिर ठाडो गरेर जनताको बीचमा मत माग्न जाने अवस्था मैले देखेको छैन । युवा पुस्ताको जुन असन्तुष्टि छ त्यसलाई तपाई नआक्नुस् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]