२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

बाबुराम भट्टराईले संसदमा गरेको त्यो भविष्यवाणी पुरा हुँदै

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९


(ABC-Sanchar)
काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई कुनै ज्योतिष हैनन् । तर उनले ठिक २ महिना अघि प्रतिनिधिसभा बैठकमा रोष्टमबाट गरेको भविष्यवाणी यतिबेला चरितार्थ भएको छ । उनले भनेअनुसार सहरी क्षेत्रमा नयाँ दल र युवा उम्मेदवारले पुराना नेता र दललाई हायलकायल पारेका छन् ।
संसदमा तेस्रो वा चौथो दल बन्ने हैसियत राख्दै ५ महिना अघि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ३ क्षेत्रमा जित हासिल गरेको छ भने थप एक स्थानमा जित हासिल गर्ने निश्चित छ । सो दलले सामानुपातिकतर्फ तेस्रो हैसियतमा मत पाउँदै गएको छ । यस्तै ललितपुर, चितवन र सुनसरीका क्षेत्रमा प्रत्यक्षतर्फ अग्रता हासिल गरेको छ ।

सीके राउतको जनमत पार्टीमात्र होइन, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि संसदमा नयाँ दलको रुपमा प्रवेश गर्ने भएका छन् । निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदयलाई राजनीतिक क्षेत्रका व्यक्तिले आश्चर्य मानिरहेका बेला डा. भट्टराईले गत असोज १ गतेको संसद बैठकमा सहरी क्षेत्रमा अब पुराना नेता र दललाई कठिन हुने र पुराना नेताहरु बढारिने बताउँदै दलहरुलाई सच्चिन आग्रह गरेका थिए ।

के भनेका थिए डा.भट्टराईले अघिल्लो प्रतिनिधिसभाको अन्तिम बैठकमा ?

‘अहिले जुन खालको लहर आउँदैछ, युवा पुस्तामा यस्तो विद्रोहको लहर आउँदैछ, बालेन र हर्कहरु मैले एउटा सानो झिल्कोमात्र देखिरहेको छु । तर यसलाई तपाईहरुले सम्वोधन गर्न सक्नुभएन भने आउँदो निर्वाचनमा गाउँ ठाउँमा त त्यस्तो प्रभाव नपर्ला, हाम्रो
संगठनको बलमा चुनाव जितिएला तर सहरी क्षेत्रहरुमा तपाईहरु हेर्नुस्, त्यति सहजै हामी चुनाव जित्नेवाला छैनौँ । हामी को को बढारिन्छौँ, म भन्न सक्दिन । मलाई त आत्मविश्वास छैन । सकेसम्म मैले आफूलाई नविकरण गर्न खोजिरहेको छु, तर म आफैमा आत्मविश्वास छैन । जुन ढंगले हामी पछाडि परिरहेका छौँ, देशको समस्या समाधान गर्न हामी असफल भइरहेका छौँ । त्यसैले हामीले शिर ठाडो गरेर जनताको बीचमा मत माग्न जाने अवस्था मैले देखेको छैन । युवा पुस्ताको जुन असन्तुष्टि छ त्यसलाई तपाई नआक्नुस् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!