२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँकेमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएसंगै म्यादी प्रहरीको बिदाई कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९


(महेन्द्र सिंह)
बाँके । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९” को मिति २०७९।०८।०४ गते सम्पन्न भएको छ ।
निर्वाचन कार्यमा मिति २०७९।०६।३० गते जिल्ला प्रहरी कार्यालय बाँकेबाट म्यादी प्रहरीको नियूक्ति लिई नेपाल प्रहरी प्रधान कार्यालयले तर्जुमा गरेको पाठ्यक्रमद्वारा मिति २०७९।०६।३० गते देखि २०७९।०७।०८ गते सम्म सञ्चालित १० दिनको म्यादी प्रहरी तालिम प्राप्त गरी तोकिएको थियो ।

कार्यक्षेत्रमा नेपाल प्रहरीको साथमा खटिई निर्वाचन कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पुर्ण म्यादी प्रहरीहरुलाई आज एक कार्यक्रमका बिच बिदाई गरीएको छ ।


प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बाँके जिल्ला प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीको
अधक्ष्यता रहेको कार्यक्रममा म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरिएको बाँके प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्ती मगरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।