२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गृहमन्त्रीको भाइसंग मिलेर घुमुवा प्रयोग गरि तस्करीसंग पैसा उठाउने डिआईजी उपाध्याय विवादमा

Logo
प्रकाशित शुक्रबार, मंसिर ०९, २०७९


(महेन्द्र सिंह)
काठमाडौं । लुम्बिनीको प्रहरी प्रमुखमा सरुवा भएसँगै विवादमा पर्दै आएका डीआईजी नलप्रसाद उपाध्यायले रकम उठौतीमा मात्र ध्यान दिएको भन्दै मातहतका जिल्ला प्रमुख एसपीहरुले प्रहरी प्रधान कार्यालयमा गुनासो गरेका छन् ।

उपाध्यायले घुुमवालाई रकम उठाउन प्रयोग गरेको भन्दै एसपीहरुले गुनासो गरेपछि प्रहरी प्रधान कार्यालयले पनि छानबिन सुरु गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको हो ।

डीआईजी उपाध्याय गत स्थानीय तहको निर्वाचन अघि २१ वैशाखमा लुम्बिनीमा सरुवा भएका थिए । त्यस अघिका डीआईजी मुकुन्द प्रसाद आचार्य विवादमा परेपछि उनी एक वर्षे कार्यकाल नै पूरा नगरी प्रहरी मुख्यालय तानिएका थिए । तर, सरुवा भएर गएका डीआईजी उपाध्यायले पनि नाकाबाट रकम उठाउन र अन्य विवादास्पद काम गर्न थालेपछि प्रहरी कर्मचारीले नै गुनासो गरेका हुन् ।

लुम्बिनीमा भैरहवा, कृष्णनगर, नेपालगन्ज जस्ता प्रमुख नाकाहरु भएका सहर छन् भने परासीलगायतका साना र रणनीतिक हिसाबले संवेदनशील नाका पनि छन् । तर, यी नाकाबाट चोरी निकासी रोक्ने, प्रदेशकै शान्ति सुरक्षालाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा डीआईजी उपाध्यायले आफ्नो स्वार्थ अनुकूल काम गर्न थालेको उच्च स्रोतले जानकारी दिएको छ ।
उनी पहिले पूर्वी नवलपरासीको प्रहरी प्रमुख पनि भएका थिए ।

हाल उनले प्रहरी सहायक निरीक्षक पुरन केवट, प्रहरी सहायक हवल्दार प्रमोद यादव, प्रहरी जवान भक्त बहादुर राना, प्रहरी हवल्दार तेजबहादुर कुँवर तथा कपिलवस्तु, रुपन्देही र नवलपरासीका टोलीहरुलाई घुमुवाको रुपमा खटाएका छन् । उल्लेखित प्रहरी कर्मचारीहरु पनि विगतमा विभिन्नमा विवादमा पर्दै आएका थिए ।

प्रहरी स्रोतका अनुसार उपाध्यायको निकटतम रहेर सहकार्य गर्नेमा गृहमन्त्री बालकृष्ण खाँणकै भाइ रामकृष्ण खाण पनि छन् । उपाध्यायले खाणसँगै मिलेर विगतमा विवादमा रहेका घुमुवाहरुको प्रयोग गरी रकम उठाउँदै आएको स्रोतको भनाइ छ । यसबारेमा प्रहरी मुख्यालले आन्तरिक छानबिन तयारी गरे पनि औपचारिक जानकारी भने
दिइसकेको छैन । यस विषयमा लुम्बिनी प्रदेशका डिआईजी उपाध्यकको डिआईजीले बोक्ने 9857084444 नम्बरमा फोन गर्दा सम्पर्क हुन सकिन । पर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]