२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue
×

भारतमा ४ जना माओवादी मारिए

Logo
प्रकाशित शनिबार, मंसिर १०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् । पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले कारबाही गर्दा दुई महिलासहित चार जना मारिएका मिरटुर प्रहरी कार्यालयले जनाएको छ ।

 

सुरक्षा फौजले कारबाही गरेको स्थानबाट हातहतियार बरामद गरिएका तथा खोजबिन जारी रहेको एक जना वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन् । केही महिनाअघि माओवादीले बिजापुर प्रहरी कार्यालयमा हमला गरेर चार जना प्रहरीलाई घाइते बनाएका थिए । बिजापुर क्षेत्रमा नक्सलवादी सक्रिय रहेका भन्दै राज्य सरकारले त्यहाँ सुरक्षा सतर्कता बढाएको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा गएपछि सोमबारबाट सिग्देलले ‘जंगी अड्डा’मा पुगेर प्रधानसेनापतिको कमाण्ड सम्हालेका हुन्। शर्मा प्रधानसेनापतिको तीन बर्षे सेवा अवधि पूरा गरेर सोमबार देखि नै अवकाशमा गएका थिए । पदभार ग्रहण गर्नु अगाडि सिग्देलले आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण र […]

  बारा । चितवनको राप्ती नगरपालिका-३, झुरझुरे निवासी ट्रक चालक २६ वर्षीय विज्ञान तिमल्सिना र सह-चालक १८ वर्षीय बाबु काजी परियार रहेका छन् । विशेष सूचनाका आधारमा, इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जमा हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख २०६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा गाँजा बरामद गरिएको हो । […]

काठमाडौं । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरे । यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० […]

error: Content is protected !!