२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

काङ्ग्रेस नेता पौडेलले प्रधानमन्त्रीमा मलाई सहयोग गर्न नेपाललाई आग्रह

Logo
प्रकाशित सोमबार, मंसिर १२, २०७९


(ABC-Sanchar)
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ । सोमबार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पौडेल भेटघाटका लागि पुगेका थिए ।

 

कोटेश्वरस्थित नेपालको निवासमा भएको भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।
माधवकुमार नेपालनिकट स्रोतका अनुसार कांग्रेसबाट आफू प्रधानमन्त्री बन्नका लागि अगाडि बढेको भन्दै पौडेलले सहयोग मागेका थिए । पाँचदलीय गठबन्धनबाट सरकारको नेतृत्वका लागि आफूलाई सहयोग गर्न पौडेलले आग्रह गरेको नेपाल निकट स्रोतले जानकारी दियो ।

कांग्रेस पार्टी मिलाएर आएमा आफूले समर्थन गर्ने नेपालले जवाफ दिएको उनी निकट स्रोतले जानकारी दिएको छ । अहिले प्रधानमन्त्रीको दाबी गरिरहेको पुस्तामा पौडेलमात्रै प्रधानमन्त्री नबनेकाले कांग्रेसले अगाडि सारेमा एकीकृत समाजवादीले समर्थन गर्ने जवाफ उनले दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!