२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाली सेनाहरु २०३ जना शान्ति सैनिक सिरिया प्रस्थान हुँदै

Logo
प्रकाशित सोमबार, मंसिर १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाले पश्चिम एशियाली मुलुक सिरियामा संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ।

संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (यूएनडीओएफ), सिरियामा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट दशौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौं डफ्फा, इन्जिनियर से.मु. छैटौं डफ्फा र लेबल १ (+) अस्पताल तेस्रो डफ्फाको बदली भएको हो।

यी डफ्फालालाई बदली गर्नका लागि फोर्स फोर्स हेडक्वार्टर सपोर्ट युनिट एघारौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म छैटौं डफ्फा, इन्जिनियर से.मु. सातौं डफ्फा र लेबल १ (+) अस्पताल चौथो डफ्फाको अन्तिम टोलीका २०३ जना नेपाली शान्ति सैनिकहरू सेनानी किशोर खड्काको नेतृत्वमा काठमाडौंबाट मिशन इलाकातर्फ प्रस्थान गरेका हुन्।

साथै उक्त मिशनमा तैनाथ प्रमुख सेनानी देवेन्द्र खड्का नेतृत्वको २१६ जना नेपाली शान्ति सैनिकको टोली सोमबार नै स्वदेश फर्किने पनि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा शान्ति मिशनहरूमा खटिएर विश्व शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।