२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कोरोना बिमाको भुक्तानी मंगलबारबाट सुरु

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९

(ABC-Sanchar)
काठमाडौँ । कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी सुरु हुने भएको छ ।

निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् ।

 

जसबापत १ अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ । यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपको छैन । कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन् ।

हालसम्म नेशनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]