२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीको ४ जना एआईजीको लागि १ दर्जन डिआईजीहरु प्रतिस्पर्धामा

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९

ABC (क्राईमबिट)

काठमाडौं । निर्वाचन आयोगले नेपाल प्रहरीमा रिक्त प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न अनुमति दिएको छ । आयोगले प्रहरीमा रिक्त रहेको ४ वटा एआईजी पदमा बढुवा गर्न गृह मन्त्रालयलाई अनुमति दिएको हो ।

मंसिर १९ सम्म निर्वाचन आचारसंहिताका कारण आयोगको अनुमति बिना सरुवा र बढुवा गर्न मिल्दैन । तर, आयोगले आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा र बढुवा गर्न मन्त्रालयलाई अनुमति दिएको स्रोतले बतायो ।

२०७९ साउन २० मा विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कार्तिक १४ मा अरुण बि.सी र कार्तिक २४ मा रबिन्द्र बहादुर धानुकले अवकाश पाएपछि ४ एआईजीको दरबन्दी खाली छ । रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डिआईजी प्रतिस्पर्धामा छन् ।

मधेस प्रदेशका डिआईजी मसाउद अलम खाँ, लुम्बिनी प्रदेशका नल प्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् । उनीहरु अहिलेका आईजीपी धिरज प्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् ।

२०७९ असारमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह र दिपक थापा प्रतिस्पर्धामा अगाडि छन् । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआईजी किरण बज्रचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मिरा चौधरी सहित सन्दिप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।