२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बुटवलबाट राजधानी सार्न थालेको भन्दै कर्मचारी आन्दोलित

Logo
प्रकाशित बुधबार, मंसिर १४, २०७९

निर्वाचनको मौका छोपेर लुम्बिनी प्रदेश सरकारले भौतिक संरचना तयार नहुँदै  बुटवलबाट राजधानी सार्न थालेको भन्दै कर्मचारी आन्दोलित बनेका छन्।

प्रदेश सरकारले मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीहरू आन्दोलित बनेका हुन्। सरकारको उक्त कार्यको विरोध जनाउँदै कर्मचारीले बुधबार प्रदेशका मुख्यसचिवमार्फत् लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइनसकेको अवस्थामा सरकारले निर्वाचन आचासंहिता विपरीत बुटवलबाट कार्यालय सार्ने काम गरेकोप्रति उनीहरूले आलोचना गरेका छन्।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी इन्चार्ज दधिराम मरासिनीले सरकारको यो कार्य

कानून विपरित र आचार संहिताविपरीत हुनुका साथै कर्मचारीको लागि आवास सुविधा, बालबालिकाको लागि शैक्षिक संस्थाको व्यवस्था तथा स्वास्थ्य सुविधा लगायतका आधारभूत आवश्यकताका संरचना पूरा नहुँदै राजधानी दाङ लैजाने कुरा अव्यवहारिक भएको बताए। उनले स्थायी राजधानी घोषणा गरिए पनि देउखुरीमा दुई वर्षदेखि कुनै संरचना नथपिएकाले तत्काल कर्मचारी गएर काम गर्न सक्ने अवस्था नभएको बताए।

उनले कर्मचारीलाई काम गर्न भौतिक संरचना, आवास लगायतका सुविधासँगै  बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधा र सुरक्षाको विषयमा समेत सरकार गम्भीर बन्न आग्रह गरे।

´तत्काल राजधानी बुटवलबाट दाङ लैजाँदा कर्मचारीहरू खुला आकाशमा बसेर काम गर्नुपर्ने बाध्यता छ, बुटवलमा स्कुल भर्ना गरेका छोराछोरी कहाँ लैजाने, यस्ता समस्याप्रति सरकार गम्भीर बनिदिनु पर्छ,’ उनले भने।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश अध्यक्ष खगराज उपाध्यायले निजामती मैत्री पूर्वाधार तयार भएपछि त्यस ठाउँमा काम गर्नका लागि जान तयार रहेको प्रष्ट पार्दै रातारात पोको पारेर राजधानी सार्ने कुरा असम्भव भएको उल्लेख गरे। रातारात कार्यालय सार्ने र जबरजस्ती कुर्सी टेबुल लगेर जनतालाई सेवा दिन नसकिने उनले बताए।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय उपाध्यक्ष मदन गौतमले सरकारले कुनै संरचना र आधार सिर्जना नगरी जबरजस्ती राजधानी सार्न खोजे सम्पूर्ण कर्मचारी आन्दोलनमा होमिने बताए।

‘सरकारलाई निर्णय सच्याउनका लागि हामी आग्रह गर्छौं, सरकारले जबर्जस्ती गरे आवश्यक परे आन्दोलनका लागि सबै कर्मचारी उतार्न तयार छौं,’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]