२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कांग्रेस कार्यकर्ताले मागे जिल्ला नेतृत्वको राजीनामा

Logo
प्रकाशित बुधबार, मंसिर १४, २०७९

नेपाली कांग्रेस रूपन्देहीका विभिन्न कमिटीमा आबद्ध कार्यकर्ताहरूले पार्टीले रूपन्देहीमा कुनै पनि सिट जित्न नसकेकोप्रति नैतिक जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा माग गरेका छन्।

सत्तारूढ दलहरूको सहयोगमा देशभर सबभन्दा धेरै सिट जितेको नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा शून्य भएको छ।

यसअघि २०७४ सालमा वाम गठबन्धनविरूद्ध राप्रपासँग तालमेल गर्दा पनि निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा विजयी भएको थियो। तर यसपटक सत्तारूढ दलहरूसँग गठबन्धन गर्दा पनि गृहमन्त्री बालकृष्ण खाण समेत पराजित भएपछि पार्टीभित्र आरोप प्रत्यारोप सुरू भएको छ।

जिल्लामा खाणनिकट समूहले पार्टीभित्रको अन्तरघातका कारण खाणले पराजय व्यहोर्नु परेको आरोप लगाएका छन् भने अर्काथरीले पार्टीभित्र विवाद सिर्जना गर्न आरोपको खेती गरिएको भन्दै त्यसको प्रतिरोध गरेको छ।

कांग्रेसका विभिन्न कमिटीमा आबद्ध व्यक्तिहरूले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला नेतृत्वको असक्षमताको कारण पराजय भोग्नु परेकोले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्व लुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्व केन्द्रीय सदस्य हरि न्यौपाने, नेपाली कांग्रेस पूर्व क्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईं लगायतले विज्ञप्ति निकाल्दै पार्टीभित्र अन्तर्घात गरिएको भन्दै लगाइएको आरोपप्रति आपत्ति जनाएका छन्।

केहीदिन अघि गृहमन्त्री समेत रहेका रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाण र ३ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार रामचन्द्र ढकालले पार्टी भित्रको अन्तर्घातका कारण हारेको भन्दै आरोप लगाइएको थियो।

उनीहरूले गठबन्धनलाई जिताउने काममा सिंगो पार्टी पंक्ति परिचालित गरिए पनि अन्तर्घातको आरोप लगाइएकोप्रति आपत्ति जनाएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।