२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सांसद चौधरीको पहलमा रासायनिक मल बितरण सुरु

Logo
प्रकाशित शुक्रबार, मंसिर १६, २०७९

खुरसेद हजाम /नवलपरासी
नवलपरासी , १६ मङ्सिर । संघीय सांसद विनोद चौधरीको पहलमा नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा आएको रासायनिक मल बितरण सुरु भएको छ । सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षीत गरी लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो ।
सो अन्तर्गत जिल्लामा प्राप्त भएको ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकामा वितरण गर्न सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) का प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।
पहिलो चरणमा सुस्ता प्रतापपुर र सरावल गाउंँपालिकामा मल वितरण गरिने छ भने दोस्रो चरणमा अन्य पालिकामा रासायनीक मल वितरण गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । सांसद चौधरी नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चीत भएपछि जनजिवीका संँग सम्वन्धीत जनताका समस्या समाधान गर्ने उदेश्यले यस अगाबै जनसम्पर्क कार्यालय स्थापना गरी जनताको समस्या समाधान गर्न लाग्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।