२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिरगंज कारागारमा ३० प्रतिशत कैदी लागूऔषध मुद्दाका कैद सजाय भोग्दै

Logo
प्रकाशित शनिबार, मंसिर १७, २०७९

ABC (क्राईमबिट)
पर्सा । बिरगंज देशकै पुरानो तथा अत्यधिक भीडभाड रहने गरेको वीरगन्ज कारागारमा कूल कैदीबन्दीको झन्डै ३० प्रतिशत कैदीबन्दी लागूऔषध मुद्दाकै छन् । बुधबारसम्म कारागारमा कूल १ हजार ४ सय ५९ कैदीबन्दी रहेकोमा ती मध्ये ५ सय ४२ कैदीबन्दी लागूऔषध मुद्दाकै हुन् ।

वीरगन्ज कारागार कार्यालयको तथ्यांक अनुसार लागू औषध मुद्दाका ५ सय ४२ कैदीबन्दीमध्ये ४ सय ३७ स्वदेशी र १ सय ५ विदेशी हुन् । विदेशीमा सबै भारतीय नागरिक हुन् । स्वदेशीमध्ये १ सय ६१ कैदी र २ सय ७६ थुनुवा हुन् । तीमध्ये १ सय ५३ पुरुष कैदी र २ सय ६४ पुरुष थुनुवा छन् । महिलातर्फ ८ कैदी र १२ थुनुवा छन् ।
विदेशीमा १ सय ५ कैदी बन्दीमा ५७ कैदी र ४८ थुनुवा छन् । तीमध्ये पुरुष तर्फ ५३ पुरुष कैदी र ४७ पुरुष थुनुवा छन् । महिला तर्फ ४ कैदी र १ थुनुवा छन् ।

लागूऔषध ढुवानी तथा तस्करीका लागि वीरगन्ज तथा यसको छेउछाउको ग्रामीण भेगका नाकाहरु मुलुककै मुख्य नाका मानिन्छ । मुलुकको सर्वाधिक आयात निर्यात हुने नाका लागूऔषध ढुवानीको परम्परागत ट्रान्जिटको रुपमा बदनाम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]