२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाली सेनाको सैनिक विशेष अदालतको प्रधान सेनापति शर्माले गरे निरीक्षण

Logo
प्रकाशित शनिबार, मंसिर १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले जंगीअड्डास्थित सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् । गत साताको निरीक्षणको क्रममा उनले अदालतको इजलास, न्यायाधीश कक्ष, रजिष्ट्रारको कार्यालय र अन्य कार्यालयहरुको निरीक्षण गरेका थिए ।

प्रधानसेनापति शर्मालाई सेना प्राड विवाकका प्रमुख, प्राड उपरथी रत्नप्रकाश थापाले विशेष अदालतको काम कारबाहीबारे जानकारी गराएका थिए । निरीक्षणको क्रममा उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी, रक्षासचिव किरणराज शर्मा, बलाध्यक्ष सीताराम खड्कासमेत सहभागी थिए ।

जंगी अड्डा, सभामण्डपस्थित पशुपति कक्षलाई सैनिक विशेष अदालतको इजलासको रुपमा स्तरोन्नति गरी हुँदै आएकोमा हाललाई सेना प्राड विवाक कार्यालयसँगै अर्को भवनको दोस्रो तल्लालाई स्तरोन्नति गरी सञ्चालन गर्न लागिएको हो ।

यसैबीच, सैनिक विशेष अदालतको लागि छुट्टै भवन बनाउने तयारी समेत भइरहेको प्राड विवाकले जनाएको छ । सैनिक विशेष अदालतले सैनिक व्यक्ति संलग्न भ्रष्टाचार र चोरी सम्बन्धी कसुरको सुरु कारबाही र किनारा गर्ने जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसलामाथि परेको पुनरावेदनको सुनुवाइ गर्ने विशेष अधिकार पाएको छ ।

उक्त अदालतमा उच्च अदालत ललितपुरका न्यायाधीश अध्यक्ष, रक्षासचिव र सेना प्राड विवाकका प्रमुख सदस्य रहेन व्यवस्था छ । अदालतको इजलास प्रत्येक साताको बिहीबार बस्ने गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]