२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue
×

लुम्बिनी प्रदेशको राजधानी दाङमै हुन्छ मुख्यमन्त्री केसी दाङमा सार्ने अन्तिम तयारी

Logo
प्रकाशित शनिबार, मंसिर १७, २०७९

(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी स्थायी थलोमा सार्ने अन्तिम तयारी गरेको छ। आगामी २२ गते सम्म निर्वाचन आचारसंहिता कायम रहने र आचारसंहिता सकिएलगत्तै अस्थायी मुकामबाट स्थायी थलोमा राजधानी सार्ने तयारी गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।

प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अनुसार निर्वाचन आचारसंहिता सकिएलगत्तै राजधानी सार्ने तयारी अन्तिम चरणमा पुर्‍याइएको छ। मुख्यमन्त्री केसी अहिले स्थायी राजधानी देउखुरीमै बसेर कार्यभार सम्हालिरहेका छन्। ‘२२ गते निर्वाचन आचार संहिहता सकिन्छ र आचार संहिता सकिएलगत्तै स्थायी राजधानी कार्यान्वयन हुन्छ’, लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेसंगको भेटमा मुख्यमन्त्री केसीले भन,े ‘राजधानी व्यवस्थापनका सबै कामहरु अन्तिम चरणमा पुर्‍याइएको छ।’

सांसद न्यौपानेका अनुसार मुख्यमन्त्री केसीले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ स्थायी राजधानीमै गर्ने निर्णय पुगेका छन्। ‘स्थायी राजधानी कार्यान्वयनका लागि मुख्यमन्त्री सकृय भएर लाग्नु भएको छ,’ न्यौपानेले भने ‘हामी नव निर्वाचित सांसदहरुको सपथ पनि स्थायी राजधानीमै हुने पक्का भएको छ।’ मुख्यमन्त्री केसीका अनुसार केहि सांसदहरुले आफूहरुले स्थायी राजधानीमा सपथ नलिने भनेर चेतावनी समेत दिएका छन्। मुख्यमन्त्री केसीले आधिकारीक सांसद बन्नबाट बञ्चित हुने भए मात्रै सपथ नलिन भनेर उनीहरुलाई जवाफ दिएका छन्। ‘सपथ समारोहमा उपस्थित भएर जसले सपथ लिन्छ उ मात्रै त सांसद हुने हो नि,’ मुख्यमन्त्री केसीको भनाई उदृत गर्दै सांसद न्यौपानेले भने ‘जो आउँदैन, उसको सांसद पदले आधिकारीकता पाउने कुरा हुँदैन।’ देउखुरीमा प्रदेशसभाको भवन निर्माण भैसकेको छ। सोही भवनमा नव निर्वाचित सांसदहरुको सपथ समारोह आयोजना गर्ने निर्णयमा सरकार पुगेको छ।

प्रदेशसभा सञ्चालसँगै प्रदेशका मन्त्रालयहरु समेत तत्कालै स्थानान्तरण गर्ने तयारीमा सरकार छ। मन्त्रालयहरुको व्यवस्थापनको पाटोलाई समेत टुंगो लगाईएको छ। ‘मन्त्रालयहरु सञ्चालनका लागि भौतिक संरचनाहरु तयार गरिएका छन्,’ मुख्यमन्त्री केसीले भने, ‘अब राजधानी कार्यान्वयनका लागि कुनै कसर बाँकी राखिने छैन।’ बुटवलका कर्मचारीहरुको असन्तुष्टि प्रति मुख्यमन्त्री केसीले स्थायी राजधानीमा नआउने कर्मचारीहरुको विकल्पमा अन्य कर्मचारीहरुले काम गर्ने बताए। साथै मुख्यमन्त्री केसीले बुटवलमा आन्दोलन गरेका कर्मचारीहरुलाई सरकारको निर्णय मान्न चेतावनी समेत दिएका छन्। ‘आन्दोलन गर्ने हो, सरकारले भनेको नमान्ने हो भने तपाईहरु आफ्नो तरिकाले अगाडी बढ्नुस्, सरकार आफ्नो तरिकाले अगाडी बढ्छ भनेर मैले भनिसकेको छु,’ मुख्यमन्त्री केसीले भने ‘आउने नआउने उहाँहरुको कुरा भयो, तर कर्मचारीहरुले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नै पर्छ।’

यसैबीच स्थायी राजधानी कार्यान्वयन हुने पक्का भएपछि स्थानीय स्तरमा समेत यसको ब्यवस्थापनको तयारी थालिएको छ। देउखुरी क्षेत्रका राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संस्थाहरुले राजधानीलाई ब्यवस्थापन गर्नमा सहयोग पुर्याउन भन्दै विभिन्न समितिहरु गठन गरेका छन्। राप्ती गाउँपालिकाको कार्यालयमा भएको सर्वपक्षीय भेलाले राजधानी व्यवस्थापनका लागि मूल समिति संगै १० समितिहरु निर्माण गरेको छ। उक्त भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले राजधानी कार्यान्वयनका लागि समग्र देउखुरीका बासिन्दाहरुले साथ दिनुपर्ने बताएका थिए।

भर्खरै सम्पन्न निर्वाचनमा जुम्लाबाट नवनिर्वाचित प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, प्रदेश सभा सांसद द्धोय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजनामा गरिएको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन्।

प्रतिनिधि सभा सांसद ज्ञानेन्द्रबहादुर शाहीले भने देश भ्रष्टाचारले विग्रेको छ। भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिरो एजेन्डा रहेको उनले बताए। उनले भन्ने संचार क्षेत्र विकास र पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिईने छ।जुम्लाको विकासका निमित्त लागि पर्ने उनले बताए। उनले भने सडक, विजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनेछु। डोजर आतंकले बाढीपहिरोको जोखिम बढाएको छ। अनाश्वक सडक काटिएका छन्। अहिले सडकमा सवारी साधन नै सञ्चानमा छैनन्। यस्ता विकृतिलाई पनि रोक्ने छौँ। तिनै सडकका कारणले बाढीपहिरो आउदा मान्छेले ज्यान गुमाएका छन्। प्रदेश सभा सांसद देवेन्द्रबहादुर
अन्य कर्मचारीहरुले काम गर्ने बताए। साथै मुख्यमन्त्री केसीले बुटवलमा आन्दोलन गरेका कर्मचारीहरुलाई सरकारको निर्णय मान्न चेतावनी समेत दिएका छन्। ‘आन्दोलन गर्ने हो, सरकारले भनेको नमान्ने हो भने तपाईहरु आफ्नो तरिकाले अगाडी बढ्नुस्, सरकार आफ्नो तरिकाले अगाडी बढ्छ भनेर मैले भनिसकेको छु,’ मुख्यमन्त्री केसीले भने ‘आउने नआउने उहाँहरुको कुरा भयो, तर कर्मचारीहरुले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नै पर्छ।’

यसैबीच स्थायी राजधानी कार्यान्वयन हुने पक्का भएपछि स्थानीय स्तरमा समेत यसको ब्यवस्थापनको तयारी थालिएको छ। देउखुरी क्षेत्रका राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संस्थाहरुले राजधानीलाई ब्यवस्थापन गर्नमा सहयोग पुर्याउन भन्दै विभिन्न समितिहरु गठन गरेका छन्। राप्ती गाउँपालिकाको कार्यालयमा भएको सर्वपक्षीय भेलाले राजधानी व्यवस्थापनका लागि मूल समिति संगै १० समितिहरु निर्माण गरेको छ। उक्त भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले राजधानी कार्यान्वयनका लागि समग्र देउखुरीका बासिन्दाहरुले साथ दिनुपर्ने बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा पदावधि चार वर्षबाट तीन वर्षमा घटाउने प्रस्ताव गरिएको छ। यसले सशस्त्र नेतृत्वमा तरंग ल्याएको छ। यो प्रस्ताव पास भएमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २०८२ को १० वैशाखमा अवकाश पाउनेछन्। त्यसपछि आईजीपीको प्रतिस्पर्धामा नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल रहनेछन्। गौतमले […]

  काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी भरत बहादुर बोहराबाट ट्राफिक प्रहरी परिसर ललितपुर तथा ललितपुर मातहत कार्यालयहरुको निरिक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निर्देशनको क्रममा ट्राफिक प्रहरीले अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशित गर्नुभयो […]

  काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा गएपछि सोमबारबाट सिग्देलले ‘जंगी अड्डा’मा पुगेर प्रधानसेनापतिको कमाण्ड सम्हालेका हुन्। शर्मा प्रधानसेनापतिको तीन बर्षे सेवा अवधि पूरा गरेर सोमबार देखि नै अवकाशमा गएका थिए । पदभार ग्रहण गर्नु अगाडि सिग्देलले आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण र […]

error: Content is protected !!