२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नवलपरासीमा सरावल गाउपालिका प्रमुख चौधरीले गरे झोलुङ्गे पुल शिलान्यास

Logo
प्रकाशित शनिबार, मंसिर १७, २०७९


(ABC-Sanchar)
नवलपरासी । सरावल गाउँपालिका वडा न. २ मनरी र पाणाटिकर जोड्ने गरि झोलुङ्गे पुलको सिलन्यास गरिएको छ।

हिजो शुक्रवार एक कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले पुलको सिलन्यास गरेका हुन।भुमी पुजामा पुलको सिलन्यास गरेको पालिका अध्यक्ष चौधरीले पुलको निर्माणले यस क्षेत्रको विकासमा
कायापलट गर्ने विश्रास व्यक्त गरे चौधरीले भने यो पुलको निर्माणसगै सरावल गाउँपालिकाका र रामग्राम नगरपालिका र सुनवल जोड्ने विकास सुरुवात भएको छ।

सरावल गाउँपालिका र रामग्राम नगरपालिका र सुनवल नगरपालिका जोडने भएकोले आवतजावतमा सहज हुने बताउनुभयो ।

उनले भने यी पुलको किसान तथा स्थानियबासीलाई विकासका काम आवस्यकता र महत्त्वका आधारमा सन्चाल्न हुनु पर्छ। यस्ता काम गर्दा धेरैभन्दा धेरै नागरिकले सेवा सुबिधा पाउनेगरी प्राथमिकतामा राखेर गर्नुपर्ने बताए ।

मनरी घोलामा पुल न हुँदा किसानलाई दु:ख रहेकोमा यो पुल सहजता ल्याउने अपेक्षा गरिएको छ।
स्थानीयले वर्षोदेखी माग गर्दै आएको झोलुङ्गे पुल हाल १ करोड ५० लाख को लागतमा बन्न लागेको हो।

एक कार्यक्रममा पालिका अध्यक्ष सुखाडी चौधरी उपाध्यक्ष वासमती हरिजन वडा न. २ का कार्यवाहक वडा अध्यक्ष तुफानी गुप्ता ,बासा प्रहरी चौकीका इन्चार्ज यादव ,न्यौपाने समाजसेवी भेष नारायण चौधरी लगायतको सहभागी रहेको रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]