२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सांसद चौधरीद्धारा राष्ट्रिय भुमी आयोगको केन्द्रिय टोली संग छलफल

Logo
प्रकाशित आइतबार, मंसिर १८, २०७९


नवलपरासी, १८ मङ्सिर । संघीय सांसद बिनोद चौधरीले अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई समयमै जग्गा धनी पुर्जा गराउने उदेश्यले राष्ट्रिय भुमी आयोगको केन्द्रिय टोली संग छलफल अघि बढाउनुभएको छ ।
आज नवलपरासीको परासीमा राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला सहितको अन्य सरोकारवालाहरु संग छलफल गरी करिव तीन महिना भित्र पश्चिम नवलपरासीका अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई जग्गा धनी उपलब्ध गराउने उदेश्यले छलफल अघि बढाईएको हो ।
बिशेष गरी सांसद चौधरीले हालसम्म अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई जग्गा धनी पुर्जा प्राप्तीका लागि अघि बढाईएको प्रकृया , देखिएको समस्या र समाधानको दिर्घकालीन उपाय वारे सरोकारवालासंग छलफल गरिएको प्रतिक्रिया दिनुभयो ।
सांसद चौधरीले आफु संघीय सांसद निर्वार्चीत भएको करिव एक सय दिन भित्रै जनतालाई प्रत्यक्ष रुपमा प्रभाव पर्ने र बर्षोदेखी अलपत्र परेको अव्यस्थीत तथा सुकुम्वासी समुदायको दिर्घकालीन रुपमा समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको चौधरीले बताउनुभयो ।
छलफलको क्रममा अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई तत्काल पहिलो चरणमा जग्गा धनी पुर्जाको प्रारम्भीक रुप निस्सा उपलब्ध गराउने र एक दिन दिन भित्र नियमानुसार जग्गा धनी पुर्जा उपलब्ध गराउने सहमती भएको थियो ।
छलफलको क्रममा राष्ट्रिय भुमी आयोग नवलपरासीका संयोजक देवराज भण्डारी सहितको जिल्ला प्रतिनिधीहरुको टोली , यसैगरी बर्दघाट नगरपालिका , प्रतापपुर गाउंपालिका , सुस्ता तथा सरावल गाउंपालिका प्रमुख साथै नापी कार्यालय लगायत अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
सो छलफलमा पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेल , प्रदेश सभा सदस्यद्धय देवकरण प्रसाद कलवार , बिश्वप्रेम पाठक, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
नवलपरासी पश्चिम १ बाट निर्वार्चित सांसद चौधरीले नवलपरासीमा देखिएको अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई तत्कालै नियमानुसार जग्गा धनी उपलब्ध गराउने उदेश्यले छलफल अघि बढाउनुभएको हो । पश्चिम नवलपरासीमा करिव १० हजार अव्यस्थीत तथा सुकुम्वासी समुदाय रहेको अनुमान गर्न सकिन्छ । छलफलको फोटो संलग्न छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।