२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतले दार्चुलास्थित नेपाल भारत जोड्ने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय पुलको नाका बन्द

Logo
प्रकाशित सोमबार, मंसिर १९, २०७९

(ABC-Sanchar)
दार्चुला । सदरमुकाम खलंगामा रहेको नेपाल-भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको हो । महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच विवाद भएपछि सोमबार भारतीय पक्षले पुल बन्द गरेका हुन।

नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको थियो । भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको उनले बताए ।

उनले भने, ‘हिजो हाम्रोतर्फका बङ्गाबगरबासीले भारतीय पक्षले महाकालीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धलाई रोक्न माग राख्दै स्थानीयले आक्रोशमा दुई घण्टा पुल बन्द गरेका थिए ।’ स्थानीय र भारतीय पक्षसँग समन्वय गरेर हिजो नै समस्या समाधान गरेको भए पनि आज किन पुल बन्द गरियो भन्ने थाहा नभएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!