२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue
×

नेपाल प्रहरी सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्न आईजिपी सिंहको निर्देशन

Logo
प्रकाशित सोमबार, मंसिर १९, २०७९

 

ABC (क्राईमबिट)
ओखलढुङ्गा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको परिसरमा नवनिर्मित कार्यालय, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन, हिरासत कक्ष, व्यारेक तथा भान्साघरको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माणमा सहयोग पुर्‍याउने महानुभावहरू तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र र प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी बस्ने आवास गृह, प्रहरी प्रशासन लगायत प्रहरी कार्य सम्पादन गर्न आवश्यक पर्ने भौतिक संरचना र प्रहरीले उपभोग गर्ने सेवा सुविधाहरुको उपलब्धता प्रत्यक्ष रुपमा प्रहरीको मनोवलसँग जोडिएको उल्लेख गर्दै नवनिर्मित आधुनिक र सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरुमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला थपिने विश्वास व्यक्त गर्नुभयो ।

अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरितका गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू विरूद्ध खरो रुपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी कानूनी कारवाही गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

स्थानीय नागरिकहरूसँगको उचित समन्वय र सहकार्यमा कानून विपरितका गतिविधि नियन्त्रण तथा व्यवस्थापन गरी समाजमा प्रभावकारी शान्ति, सुरक्षा र व्यवस्था कायम गर्न सकिने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको उच्च सम्मान गर्दै जन अपेक्षा अनुरूप प्रहरी कर्मचारीहरूले व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह गर्दै प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले विभिन्न सरोकारवाला निकाय तथा पदाधिकारीहरुसँगको समन्वय र सहकार्यमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको चर्चा गर्दै निर्वाचन सम्पन्न गराउन खटिएका समस्त सुरक्षा निकायका कर्मचारीहरू, निर्वाचन कर्मचारीहरु र सम्बन्धित निकायका पदाधिकारीप्रति विशेष धन्यवाद व्यक्त गर्दै उहाँहरूको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा समेत गर्नुभयो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

१ नम्बर प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक ईन्जिनियर अनिल रानाले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल सरकारको नियमित बजेटबाट कूल १० करोड १० लाख ४४ हजार ९१ रूपैयाँ ८१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक शुकदेव खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरे । यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० […]

  बाँके । कोहलपुर नगरपालिका १० वडा अध्यक्ष गौरा कुमारी अधिकारीले स्थानीय लिला भुसालले पाँच वटा समीका बिरुवा काटिदिएको बताइन् । उनका अनुसार भुसाल फरार छन् र उनका भाइले दाजुलाई नगरपालिकामा उपस्थित गराउने बाचा गरेका छन् । ‘१०–१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवा कस्तो राम्रोसँग हुर्किएर झ्याङ्ग परेका थिए । पाँचटा बिरुवा काटेर सोत्तर बनाइदिएका […]

काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय माननीय गृहमन्त्रीस्तरको मिति २०८१/०५/१७ गतेको निर्णयानुसार तालुक केन्द्रिय अनुसन्धान व्युरो लाजिम्पाटबाट यस कार्यालयमा कार्यालय प्रमुखको रुपमा काज सरुवा भई आउनु भएका श्रद्देय श्रीमान प्रहरी नायव महानिरीक्षक किरण राणालाई आज एक कार्यक्रमका विच यस कार्यालयमा स्वागत गरिएको । सोही अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई कार्यालय प्रमुखले आवश्यक निर्देशन सम्बोधन […]

error: Content is protected !!