०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

नेपाल प्रहरीको ३० बर्ष सेवा अवधि हट्दै आइजिपी धिरज प्रताप सिंहको निरन्तरता

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको कायम ३० वर्षे सेवा अवधिलाई हटाउँदै वर्तमान आइजिपी धिरजप्रताप सिंहको कार्यकाललाई निरन्तरता दिने तयारी गरिएको छ।

३० वर्षे सेवा अवधिका कारण नियुक्त भएको एक वर्षमै घर जानुपर्ने र राज्यलाई आर्थिक भार पर्ने भएपछि उमेर हद वा पदावधि कायम गर्न नियमावली संशोधन गरी आइजिपी सिंहलाई निरन्तरता दिने तयारीमा सरकार लागेको हो।

नयाँ सरकार पनि गठबन्धनकै बन्ने भएकाले प्रहरी नियमावली संशोधन गर्न लागिएको हो। गृह मन्त्रालयले नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउन नियमावली संशोधन गर्न कानुन मन्त्रालय पठाएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै प्रहरी नियमावली संशोधनका लागि कानुन मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएपछि सेवा अवधि हटाएर उमेर हदलाई कायम गर्न लागिएको स्रोतको दाबी छ।

‘अब ३० वर्षे सेवा अवधि हट्छ, प्रहरी ऐन बनेको छैन, प्रहरी नियमावली संशोधन हुन्छ र सेवा अवधिको ठाउँमा ५८ वर्षको उमेर हद कायम गरिनेछ,’ मन्त्रालयका एक अधिकारीले भने।

उनका अनुसार ३० वर्षे सेवा अवधिकै कारण आइजिपी नियुक्तिमा अस्वस्थ चलखेल बढेको र आइजिपी नियुक्ति भए पनि काम नै गर्न नपाई घर जानुपर्ने बाध्यता भएकाले पनि सरकारले अहिले नै ३० वर्षे सेवा अवधि हटाउन नियमावली संशोधन गर्न लागेको हो।
नागरिक-दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा भर्ना भई उमेर हदको आधारमा अनिवार्य अवकाश निवृत्त भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक उपेन्द्र बहादुर बानियालाई यस कार्यालयका कार्यालय प्रमूख प्रहरी उपरीक्षक गोबिन्द पुरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच बिदाई गर्नुभएको छ । साथै उहाँले पवित्र प्रहरी संगठनमा ईमान्दारी बफादारीका साथ कर्तब्यनिष्ठ भई सेवा […]

कैलाली । कारागारमा बेहोस भेटिएका कैदीको मृत्यु भएको छ। सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारले जनाएको छ। बैंकिङ कसुरका आरोपी पाली सोमबार राति अचेत अवस्थामा भेटिएका थिए। लगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। […]

दाङ । घोराही मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालय काठमाण्डौको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको आतिथ्यता एवं मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालयका प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत समेतमा […]

error: Content is protected !!