०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बिदेश पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९


ABC (क्राईमबिट)
झापा । कन्काई नगरपालिका–७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जीव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

उनले पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु, प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २७ लाख रुपैयाँ ठगी गरेको आरोप छ। ठगीपछि सम्पर्कविहीन भएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौं पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!