२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

७ पार्टी बने राष्ट्रिय दल को को छ्न त पार्टीहरु नामसहित

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९

(ABC-Sanchar)
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकको पनि मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार सात दल राष्ट्रिय दल बनेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रि स्वतन्त्र पार्टी, रष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ ।

राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेपनि समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत कटाउन सकेन । उसले समानुपातिकतर्फ दुई दशमलब ८२ प्रतिशत मात्रै मत ल्याएको छ ।

थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८०२ मत आवश्यक पर्छ । एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । उसको लागि राष्ट्रिय दल बन्नका १८ हजार ४११ मत अपुग देखिन्छ ।

समानुपातिकतर्फ निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । समानुपातिकतर्फ एमालेले २८ लाख ४५ हजार ६४१ मत एमालेले पाएको आयोगले जनाएको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ६५५मत पाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!