२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुर्खेतमा श्रीमतीको टाउको काटेर झोलामा बोक्ने श्रीमान पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

ABC (क्राईमबिट)
सुर्खेत । पञ्चपुरी नगरपालिका-३ तोक्मा बजारमा एक श्रीमानले श्रीमतीको टाउको काटी झोलामा बोकेर हिंड्दै गर्दा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही नगरपालिका निवासी ३८ बर्षीय अमरबहादुर आले मगर रहेको बताइएको छ।

टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको हाे ।

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।मगर एक वर्षअघि मात्र बैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।

सुर्खेतमा श्रीमानले श्रीमतीको घाँटी रेटी हत्या गरी प्लास्टिकमा टाउको लिएर प्रहरी कार्यालय पुगेका छन्। मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्।

प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको छ । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ । अमरबहादुर एकबर्ष अघि वैदेशिक रोजगारबाट घर फर्किएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]