२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नवलपरासीमा रासायीनक मल बितरण प्रकृया अघि बढाईयो

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९


नवलपरासी , २१ मङ्सिर । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत प्राप्त रासायनिक मल ( युरिया ) बितरण प्रकृया अघि बढाईएको छ । लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत जिल्लामा प्राप्त कुल ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै बितवरण प्रकृया अघि बढाईएको हो ।
सो अन्तर्गत जिल्लामा प्राप्त भएको रासायनिक मल जिल्लाका सवै पालिकामा कोटा निर्धारण गरी बितवरण प्रकृया अघि बढाईएको कृषि ज्ञान केन्द्र नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) का प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।
प्राप्त मल रामग्राम नगरपालिका, सुनवल नगरपालिका, सरावल गाउंपालिका ,बर्दघाट नगरपालिका, पाल्हीनन्दन गाउंपालिका , प्रतापपुर गाउंपालिका र सुस्ता गाउंपालिका किसानहरुलाई बितरण गरिने छ । मल लिनका लागी पालिकामा पत्राचार भएकाले अब तत्कालै पालिकाबाटै रासायनीक मल वितरण गरिने प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो ।
मल वितरण प्रकृया पुर्ण रुपमा पारदर्शी गरी प्राथमिकताका आधारमा किसानलाई पालिका स्तरका सहकारी संस्था मार्फत तत्कालै बितरण गरीने सरावल गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।
नवललपरासी निर्वाचन क्षेत्र १ बाट निर्वार्चित संघीय बिनोद सांसद चौधरीले प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत नवलपरासीका किसानलाई लक्षीत गरी रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो । तस्विर संलग्न छ । आउदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]