०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बर्थडे मनाउन बाँकेको कोहलपुर गेस्ट हाउसमा एक युवक मृत भेटिए

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

ABC (क्राईमबिट)
बाँके । कोहलपुरस्थित गेस्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका वडा नं ११ बसपार्क पछाडि रहेको होटेल पूर्वपश्चिम गेस्ट हाउसमा विशाल सिंह मृत अवस्थामा फेला परेका हुन् ।

 

कोहलपुर नगरपालिका वडा नं ६ घर भएका विशाल सिंह नामका युवकले सोमबार राति बर्थडे मनाउन होटेल पूर्वपश्चिम गेस्ट हाउसमा कोठा लिएर बसेका थिए । उनी मंगलबार मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

भारतको कारगिलबाट घर जाने भनेर विशाल र उनका साथी विजय कुमार सिंह सँगै हिँडेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मृतकसँगै आएका विजय सिंहका अनुसार कोहलपुर आएपछि आफ्नो जन्मदिन मनाउने भनेर कोहलपुरको पूर्वपश्चिम होटेलमा कोठा लिएर बसेका थिए । रक्सीकै कारण निजको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरे पनि थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकसँगै बसेका अन्य तीन जनामाथि अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी प्रमुख डीएसपी ऐन बहादुर मल्लले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!