२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कंचनपुरमा चौपाया गाडेको भेटेएपछि बेदकोटका स्थानीयहरु आन्दोलनमा

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

(ABC-Sanchar)
धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिकामा पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिएपछि स्थानीयबासिन्दाले त्यसको विरोधमा प्रदर्शन गरेका छन् ।

छाडा चौपाया व्यवस्थापनको माग गर्दै महिलाहरू आन्दोलित भएका बेला मङ्गलवार बेदकोट-३ को चोरपानीमा पशुचौपाया गाडिएको पाइएपछि बुधबार फेरि स्थानीय बासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेका छन् ।

मेयर भोजराज बोहरासहितका जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै स्थानीयबासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले स्थानीय छाडा पशुचौपायासहित नगरपालिका कार्यालय घेराउ गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट अवस्था नियन्त्रणका लागि टोली खटाइएको छ ।

बिहान तनाव सिर्जना भए पनि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ । वेदकोटमा तीन दिनदेखि छाडा पशुचौपाया व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरूले नगरपालिकाविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरू पशुचौपायाले अन्नबाली खाएर हैरान बनाएको भन्दै उचित व्यवस्थापनको माग गरेका छन् ।

आन्दोलनपछि नगरपालिकाले सोमबार राति पशुचौपायालाई ट्रकमा हालेर वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरेको गौशालामा लगेको थियो । तर मङ्गलवार भने ती पशुचौपाया गौशालाबाट अज्ञात समूहले निकालिदिएको नगरपालिकाको दाबी छ । मेयर बोहराले मृत भेटिएका चौपायाका विषयमा जानकारी नभएको बताए पनि स्थानीयबासिन्दाले भने नगरपालिकाले मारेर गाडेको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]