२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ उसैसँग लुम्बिनीमा सरकार बनाउन सहकार्य गर्छौ मुख्यमन्त्री:केसी

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९

(ABC-Sanchar)
बुटवल । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादीको समर्थनमा एमालेबाट केपी ओली र कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेकाले अब प्रधानमन्त्री बन्ने पालो माओवादी अध्यक्ष प्रचण्डको भएको बताएका छन् ।

केसीले अब पार्टीले जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुन्छ उसैलाई सरकार संचालनमा सहयोग गर्ने बताएका हुन् ।

‘अबको नयाँ सरकारको जुन दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुनुपर्छ’– दाङको भालुवाङमा पत्रकारहरुसँग कुरा गर्दै केसी भने ।

उनले निर्वाचन अगाडिको सहकार्यमा नेपाली कांग्रेस पनि इन्मारदारिता नभएकाले अब नयाँ सिराबाट सहकार्यको थालनी गर्नुपर्ने बताउँदै उनले अब माओवादीले प्रभानमन्त्रीको अडान नछाड्ने धारणा राखेका हुन् ।

नेपाली कांगे्रसबाट भर्खरै मात्रै प्रधानमन्त्री देउवालाई र यसभन्दा अगाडि एमालेका केपी शर्मा ओलीलाई पनि माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेकोले गर्दा अब यी दुवै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री स्वीकार्नु पर्ने वस्तुगत अवस्था रहेको उनको तर्क थियो ।

उनले भने –‘नेपालमा यदि परिर्वनका लागि सरकार निर्माण गर्ने हो भने प्रचण्ड नै हुनुहुन्छ उहाँलाई नै अगाडि माओवादी केन्द्रले सारेका छौं, जसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्छ उही दलसँग सहकार्य हुनुपर्छ र हुन्छ ।’

सत्ता समीकरणको कोर्ष नयाँ दिशामा पुगेकोले अब गठबन्धनलाई पनि नयाँ कोर्षबाट अगाडि बढाउनु पर्ने उनले बताए। संघ सरकार प्रचण्डलाई प्रधामन्त्रीमा समर्थन गर्ने दलहरु मिलाएर लुम्बिनीमा पनि सरकारको निर्माण हुने केसीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!