२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक चयनमा चलखेल भएको भन्दै असन्तुष्टि

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९


(ABC-Sanchar)
काठमाडौं । निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवाद सुरु भएको । रवि लामिछाने नेतृत्वको रास्वपाभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको एकथरीले असन्तुष्टि जनाएपछि विवाद सुरु भएको हो ।

सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाबाट पराजित भएका सुनसरी सभापति समेत रहेका लालविक्रम थापाले समानुपतिक चयनमा खलखेल भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न आवश्यक रहेको जनाएका छन् ।

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको उनको आरोप छ ।

उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’

बिहीबार रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा हुने खबरदारी कार्यक्रममा सहभागी हुनसमेत उनले अनुरोध गरेका छन् । आज बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा असन्तुष्ट भएकाहरुले घण्टी बजाउँदै खबरदारी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]